मोरङ। लेखक तथा अनुसन्धाता केशु विरहीले अग्रजहरूका विषयमा तयार पारेको कृति ‘जीवनकथा अग्रजका’ प्रकाशित भएको छ। कोसी साहित्य–कला परिषद् नेपालको आयोजना तथा सुकुना बहुमुखी क्याम्पसको सहकार्यमा एक भव्य समारोहबीच हालै सो कृतिको सार्वजनिक गरिएको हो।  

बेलबारी र सुन्दरहरैँचाका ऐतिहासिक तथा सामाजिक व्यक्तित्वहरूको विषयमा अध्ययन गरिएको यो पुस्तक ५६६ पृष्ठको रहेको छ।

686070279_10240809437311334_7117420918455761799_nकवि एवम् सङ्घीय सांसद प्रेमलाल चौधरीको प्रमुख आतिथि रहेको उक्त कार्यक्रममा कृतिको समीक्षा प्रा.डा. भीम खतिवडा र लीला अनमोलले गरेका थिए। समीक्षक खतिवडाले खोज अनुसन्धान गरेर अग्रजहरूका बारेमा पुस्तक लेखिनु भनेको इतिहासलाई जीवन्त राख्ने काम भएको बताए। नेपाल संस्कृत विश्वविद्यालयका निवर्तमान शिक्षाध्यक्षसमेत रहेका खतिवडाले यस कृतिले पुराना र नयाँ पुस्ताबिचको खाडललाई पुर्ने आसा गरे। त्यस्तै, सञ्चारकर्मीसमेत रहेकी अर्का समीक्षक अनमोलले लेखक तथा स्रष्टाले राज्यको अघि हात पसार्नुपर्ने अवस्था आउन नहुने, समाजमा चेतनाको विज छर्ने स्रष्टाहरूलाई हेर्ने जिम्मा समुदायको पनि रहेको बताइन्।

686913637_10240809440631417_3355190947819636727_nउद्योगपति भोलेश्वर दुलालले इतिहासको रक्षा गर्नु सबैको कर्तव्य रहेको बताउँदै ऐतिहासिक व्यक्तिहरूको अध्ययन गरेर पुस्तक प्रकाशन गरेकामा कृतिकारलाई बधाई दिए।

वक्ताहरूले बेलबारी र सुन्दरहरैँचाको सामाजिक धरातल बुझ्न यो कृति सन्दर्भ सामग्री बन्ने धारणा राखे।

688153765_10240809442871473_2502866203603458159_nकृतिकार विरहीले अनुसन्धान तथा प्रकाशनसम्म आइपुग्दा आइपरेका समस्या र चुनौतीका बारेमा बताउँदै अग्रजलाई सम्मान तथा उहाँहरूमा भएको अनुभवलाई नवपुस्तामा हस्तान्तरण गर्ने अभियानका क्रममा यो पुस्तक लेखेको बताए। दुई वर्ष लगाएर लेखिएको यस कृतिमार्फत आफूले राखेका तीनओटामध्ये पहिलो उद्देश्य ‘अग्रजका अनुभवलाई बाहिर ल्याउने काम’ पूरा गरे पनि ‘उनीहरूका बारेमा चर्चा चलाउने’ र ‘अनुसन्धान अक्षयकोष वृद्धि गर्ने’ उद्देश्य पूरा गर्ने अभियानमा सबैको साथ खोजेको बताए। विरहीले यस कृतिको बिक्रबाट आएको २५ प्रतिशत रकम अनुसन्धान अक्षयकोषमा जम्मा गर्ने र उक्त रकमबाट आउने ब्याजबाट नवपुस्तालाई अनुसन्धानमा आउन अभिप्रेरणा जगाउने, अर्थात् पुरस्कारको व्यवस्था गरिने बताए।

159d72c7-9b92-4f06-8028-5213cb8b4fccउक्त कार्यक्रममा झापा, मोरङ र सुनसरीका साहित्यिक सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो। कोसी साहित्य–कला परिषद्का कोषाध्यक्ष चिरञ्जीवी काफ्लेको सभापतित्वमा सम्पन्न कार्यक्रममा शारदा दाहाल भण्डारीले स्वागत मन्तव्य रहेको थियो। कार्यक्रमको सञ्चालन नवराज पोखरेल ‘नवशिला’ ले गरेका थिए।