राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीको स्वास्थ्य विभागलाई केन्द्रदेखि पालिकासम्म विस्तार गर्ने जनाएको छ।
स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख डा. तोसिमा कार्कीले सामाजिक सञ्जाल मार्फत पार्टीको स्वास्थ्य विभागलाई केन्द्रदेखि पालिकासम्म विस्तार गर्ने जानकारी दिएकी हुन्।
उनले अस्पतालमा लाग्ने गरेको लामो लाइन, स्वास्थ्यको महंगो उपचार, गाउँगाउँमा डाक्टर र स्वास्थ्यकर्मी नपुग्नुको कारण उपचारको कमी नभई यो स्वास्थ्य प्रणालीकै कमजोरी रहेको बताइन्।
उनले भनिन्,‘स्वास्थ्य भन्ने वित्तिकै अस्पतालको बेड र औषधि बुझ्ने गछौं। तर तपाईलाई थाहा छ ? अस्पतालको लामो लाइन, स्वास्थ्यको महंगो उपचार, गाउँगाउँमा डाक्टर र स्वास्थ्यकर्मी नपुग्नुको कारण उपचारको कमी हाईन् यो स्वास्थ्य प्रणालीकै कमजोरी हो।’
विस्तारका निम्ति विज्ञहरू र विभागीय सदस्यहरू समेत चाहिएको बताउँदै उनले नेपालको स्वास्थ्य अवस्था बदल्नका निम्ति सबै एक हुन आवश्यक रहेको भन्दै उनले डाक्टर, नर्स, स्वास्थ्यकर्मी, जनस्वास्थ्य विज्ञहरू, स्वास्स्थ्य प्रविधिका इन्जिनियर र व्यवस्थापकहरूलाई विभागमा जोडन आह्वान गरेकी छन्।



















