राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेका छन्। सरकारले दोस्रो पटक सिफारिस गरेको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश मंगलबार जारी गरेका हुन्।
राष्ट्रपति पौडेलले सरकारले अघिल्लो साता सिफारिस गरेको सोही अध्यादेश सरकारलाई पुनर्विचारका लागि भन्दै फिर्ता पठाएका थिए। तर, सरकारले कुनै संशोधन नगरी सोमबार पुनः पठाएको थियो।
यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमाणीकरण गर्न पठाएको यो अध्यादेश २०८२ असार २५ गते राष्ट्रपति पौडेलले फिर्ता गरेका थिए।
यस्तै, अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले प्रमाणीकरणको पठाएको अध्यादेश २०८२ मङ्सिर २ गते पौडेलले फिर्ता गरिदिए।


















