नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयनका लागि मतदान सुरु भएको छ। राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा आज मतदान भइरहेको छ।
सोमबार महासंघको ६० औं वार्षिक साधारणसभा उद्घाटन भएको थियो। महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान छ। सोही अनुसार अन्जन श्रेष्ठ स्वतः अध्यक्ष हुनेछन्।
तर उपाध्यक्ष र कार्यकारिणी समिति सदस्यका लागि भने आज मतदान भइरहेको छ। महासंघमा हेमराज ढकाल र शिव प्रसाद घिमिरेका दुई प्यानल चुनावी मैदानमा छन्।
ढकाल प्यानलले वरिष्ठ उपाध्यक्षमा ढकाललाई उम्मेदवार घोषणा गरिसकेको छ। अब निर्वाचित हुने वरिष्ठ उपाध्यक्ष श्रेष्ठ पछि स्वतः अध्यक्ष हुनेछन्। महासंघका अध्यक्ष चन्द्र ढकाल, वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ लगायतले मतदात गरिसकेका छन्।


















