बेलबारी–९ डाँगिहाट स्थित श्री काली माध्यमिक विद्यालयले चालु शैक्षिक सत्र २०८२ अन्तर्गत कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी आयोजना गरेको ९ दिने उद्घोषण तथा भाषणकला सम्बन्धी अभिमुखीकरण तालिम सफलतापूर्वक सम्पन्न गरेको छ। मिति २०८२–११–२७ गतेदेखि सञ्चालन भएको उक्त तालिम २०८२–१२–०६ गतेसम्म सञ्चालन गरिएको थियो।

WhatsApp Image 2026-03-22 at 9.26.44 AM (1) 1यस कार्यक्रममा शिक्षक द्वय सन्तोष थिङ लामा र तेजकुमार कार्कीले सहजीकरण गर्नुभएको थियो। तालिम समापन तथा प्रमाण–पत्र वितरण कार्यक्रम मिति २०८२–१२–०८ गते सम्पन्न भएको थियो। कार्यक्रम बेलबारी नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष श्री शालिग्राम बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

WhatsApp Image 2026-03-22 at 9.26.43 AMकार्यक्रमको सभापतित्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री नगेन्द्र खड्काले गर्नुभएको थियो भने कार्यक्रम संयोजक तथा प्रधानाध्यापक श्री नारायण कोइरालाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। उक्त अवसरमा २०८२ सालको आसन्न एसइई तथा कक्षा १२ को अन्तिम परीक्षामा सहभागी हुन लागेका विद्यार्थीहरुलाई टीका तथा खादा लगाई सफलताको शुभकामना पनि दिइएको थियो।

WhatsApp Image 2026-03-22 at 9.26.43 AM (2)कार्यक्रमका बीच–बीचमा प्रस्तुत गरिएका साङ्गीतिक तथा साहित्यिक प्रस्तुतिहरूले कार्यक्रमलाई थप आकर्षक र जीवन्त बनाएका थिए।विद्यालयमा नियमित रूपमा हुने पाठ्यक्रमीय, सहपाठ्यक्रमीय र अतिरिक्त क्रियाकलापका साथै शैक्षिक सत्रको अन्त्यमा यस्तो हौसला प्रदान गर्ने खालको कार्यक्रमबाट विद्यार्थीहरु निकै उत्साहित भएको पाइएको छ।

WhatsApp Image 2026-03-22 at 9.26.44 AM