मोरङको बिराटचोकस्थित नेपालिरिका होटलले आफ्नो वेलनेस सेवाअन्तर्गत पौडी (स्विमिङ) कक्षा औपचारिक रूपमा सुरु गरेको जनाएको छ।

स्वास्थ्य, फिटनेस तथा आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको उक्त कक्षामा अनुभवी तथा राष्ट्रिय स्वर्ण पदक विजेता प्रशिक्षकबाट प्रशिक्षण प्रदान गरिनेछ।

नेपालिरिकाले सबै उमेर समूहका व्यक्तिहरूलाई लक्षित गर्दै सुरक्षित, मैत्रीपूर्ण र घरजस्तै वातावरणमा पौडी सिक्ने अवसर प्रदान गर्ने विश्वास लिएको छ। यस कार्यक्रमअन्तर्गत तीन प्रकारका प्रशिक्षण कोर्स सञ्चालन हुनेछन्।

* Beginner कोर्स – १५ दिन

* Advance कोर्स – ४५ दिन

* Personal Trainer कोर्स – १२ दिन

कक्षामा भर्ना हुनका लागि तोकिएको रु. ३००० प्रवेश शुल्क पहिलो सत्रका सहभागीहरूका लागि पूर्ण रूपमा निःशुल्क (Free) गरिएको होटल व्यवस्थापनले जनाएको छ। साथै Advance कक्षामा सहभागी हुनेहरूलाई थप १ हप्ता निःशुल्क स्विमिङ पास समेत उपलब्ध गराइने छ।