राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फागुनको पहिलो साता चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ।
रास्वपा कोषाध्यक्ष लिमा अधिकारीले जनताको एजेण्डा समावेश गरेर चुनावी घोषणापत्र तयार भइरहेको भन्दै फागुनको पहिलो साता सार्वजनिक गर्ने तयारी भएको जानकारी दिइन्।
पार्टीका उपसभापति एवं घोषणापत्र मस्यौदा समितिका संयोजक डा. स्वर्णिम वाग्लेले फागुनको पहिलो साता चुनावी वाचा पत्र सार्वजनिक गर्ने गरी तयारी भइरहेको बताए।
पाँच वर्षमा महत्त्वपूर्ण पाँच क्षेत्रमा काम गर्ने गरी घोषणापत्र जारी हुने उल्लेख गर्नुभयो। जसमा जेनजीका एजेण्डालाई समेट्ने र सुशासनको विषय मुख्य मुद्दा हुने उनको भनाइ छ।
अधिकारीले भ्रष्टाचारको अन्त्य, आर्थिक सुधारको एजेण्डाका साथै सरकारमा गएको १०० दिनमा १०० वटा प्रमुख कार्यहरू गर्ने र त्यसका लागि नीतिगत सुधारका खाका सार्वजनिक गरिने धारणा राखे।
त्यस्तै, उनले रास्वपाप्रति जनताले देखाएको विश्वासलाई कायम राख्न सशक्त एवं प्रभावकारी ढङ्गले काम गर्नुपर्ने अवस्था रहेको बताए।




















