पत्रकार दिनेश सिटौलाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि चाबहिलस्थित चलचित्र विकास बोर्डका राखिने भएको छ।
चलचित्र पत्रकार संघ नेपालका सचिव रघुनाथ सापकोटाका अनुसार सिटौलाको पार्थिव शरीर ग्रान्डी अस्पतालबाट निकालेर बोर्डमा लगिनेछ।
आइतबार साढे २ देखि ३ बजेसम्म त्यहाँ राखेर शव अन्त्येष्टिका लागि परिवारको जिम्मा लगाइने उनले बताए। सिटौलालाई आइतबार १२ः४५ बजे ग्रान्डी अस्पतलालले मृत घोषित गरिसकेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहसँग चुनावी प्रचारमा हिँड्दा सिटौला अछाममा बेहस भएर ढलेका थिए। उनलाई नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेतसम्म र त्यहाँबाट स्काई ट्रकमा काठमाडौं ल्याइ ग्रान्डी अस्पतालमा भर्ना गरिएको थियो।
४५ वर्षीय सिटौला चलचित्र पत्रकार संघ नेपालका पूर्वअध्यक्ष हुन्। पछिल्लो समय फिल्महरूको मिडिया संयोजकका रुपमा सक्रिय थिए। उनले सिने अनलाइन पनि चलाउँदै आएका थिए।




















