नेकपा एमालेले झापा क्षेत्र नम्बर-५ मा आफ्नो पार्टीलाई कुनै जोखिम नरहेको विश्लेषण गरेको छ।
प्रेस चौतारीले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले सोसल मिडियामा हुने हल्लाखल्लाको प्रभाव परे पनि ओली जोखिममा नरहेको बताएका छन्।
‘झापा पाँचको सन्दर्भ छ, झापा ५ का जनताहरू राजनीतिक रुपमा जागरुक जनता हुन्। किनकि जसले पञ्चायतका विरुद्धको विद्रोहको शंखघोष गरे, त्यो ठाउँका जनताहरू जसले हरेक लोकतान्त्रिक आन्दोलनमा नेतृत्वकारी भूमिका निर्वाह गरे, त्यो ठाउँका जनताहरू पपुलिजम र एनार्किजमको प्रभावमा परिकन परिणामलाई नै तलमाथि पार्नसक्छन् भन्ने खालको मान्यता पार्टीको छैन,’ उनले भने, ‘होला सोसल मिडियामा हुने हल्लाखल्ला एक प्रकारको प्रभाव त पारेको छ तर चाहिँ मतदाताका बीचको कुराकानी गर्नुहुन्छ भने हामी झापा ५ मा पनि सुरक्षित अवस्थामा छौं। त्यहाँ कुनै प्रकारको चाहिँ जोखिमको अवस्था छैन भन्ने पार्टीको विश्लेषण रहेको कुरा म तपाईंहरूका बीचमा राख्न चाहन्छु।’
झापा–५ मा काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन शाह अध्यक्ष ओलीसँग प्रतिस्पर्धामा छन्। अध्यक्ष ओली त्यहाँ लगातार चुनाव जित्दै आएका छन्।




















