पूर्वी नवलपरासीको देवचुली नगरपालिका–१ केउरेनीमा विद्यालय बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु भएको छ।
लु १ क ३८१४ नम्बरको बसले ठक्कर दिँदा नेपाल नमुना मावि केउरेनीमा नर्सरी कक्षाकी विद्यार्थी सुष्मा कुमारी पासवानको मृत्यु भएको हो।
विद्यालय हाताभित्र बस घुमाउने क्रममा बसले बालिकालाई ठक्कर दिएको थियो। घाइते बालिकालाई उपचारका लागि देवचुली नगर अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिए।
ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।




















