नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारीले शुक्रबार पदबहाली गर्ने भएका छन्। दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय, सानेपामा बदबहाली गर्ने कार्यक्रम रहेको छ।

सभापति गगन थापाको सचिवालयका अनुसार पदाधिकारी र केन्द्रीय सदस्यले पदबहाली गरे लगत्तै केन्द्रीय कार्यसमितिको बैठक बस्नेछ।

‘नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापा लगायत सबै पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा पदबहाली गर्ने र केन्द्रीय समितिको बैठक बस्ने भएकाले सबै पत्रकार मित्रहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौँ।’