नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनका नाममा आपराधिक गतिविधिमा संलग्नहरू कारबाहीको दायरामा आउने बताएका छन्। बिहीबार झापाको दमक-८ स्थित जेनजी आन्दोलनको क्रममा ध्वस्त भएको कम्युनिस्ट नेता गगन पुरीको घर अवलोकनको क्रममा यस्तो बताएका हुन्।
‘सधैं अराजकता कहाँ टिक्छ र, एकदिन त कारबाहीको दायरामा ल्याएरै छोडिन्छ नि, बरु उजुरी–निवेदन लगायतको प्रकृया चाँहि अघि बढाउनु होला’ ओलीले भने,’ अराजकताको आयु लामो हुँदैन नि।’
नेता पुरीले आफूले सबै प्रमाणहरू सङ्कलन गरी सकेको र कानुनी उपचारको प्रक्रिया पनि अघि बढाएको बताए। आगजनी र तोडफोडका क्रममा क्रममा भएका सबै सम्पत्ति लुटिएको, घरायसी सामानहरू जलाइएको र घर पनि तोडफोड गरिएको पुरीले बताएका छन्।




















