अमेरिकाले फेरि ९१ जना नेपाली नागरिकलाई डिपोर्ट गरेको छ। अमेरिकाले उनीहरूलाई चार्टर विमानमार्फत काठमाडौं ल्याएर छाडेको हो।
अध्यागमन विभागका प्रवक्ता टिकाराम ढकालका अनुसार डिपोर्ट भएकाहरुमा केहीको कागजात नभेटिएको, गैरकानुनीमा रुपमा बसेको, अमेरिकाको अध्यागमन कानुन उल्लंघन गरेकाहरु छन्।
डिपोर्ट भएकाहरुलाई मानव बेचबिखन अनुसन्धान ब्युरो पठाइएको थियो। ब्युरोका अधिकारीहरुले उनीहरुसँग सोधपुछ गरेर परिवारका जिम्मा लगाएका छन्। कोही कसैले गैरकानुनी रुपमा अमेरिका पठाएको भए उजुरी दिन पनि ब्यूरोले उनीहरुसँग अनुरोध गरेको छ।
यसअघि पनि अमेरिकाले नेपालीहरूलाई चरण/चरणमा डिपोर्ट गर्दै आइरहेको छ।




















