मोरङको विराटनगर महानगरपालिका-४ स्थितबाट लागू औषध ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित २ जना पक्राउ परेका छन्।
माघ ६ गते लागूऔषध नियन्त्रण ब्युरो विराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा को. ३७ प ३३६६ नम्बरको मोटरसाईकलमा शंकास्पद अवस्थामा रहेका सुनसरी भोक्राहानरसिंह गाउँपालिका-५ का ३५ वर्षीय सुदिन मन्सुरीलाई १ सय ४० ग्राम ब्राउन सुगरसहित र इटहरी-५ का ५० बर्षीय रोहित कार्कीलाई उनकै कोठाबाट १४ ग्राम २३ मिलिग्राम ब्राउन सुगर, प्रतिबन्धित औषधी नाईट्राजाम ४ सय ६० ट्याब्लेट, कोरेक्स १८ बोतल र स्पास्मोप्रोक्सिवन ३ सय ३६ क्यापसुल सहित पक्राउ गरेको छ।





















