नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र तथा गृहनगर दमकमा एमालेलाई राजनीतिक धक्का लागेको छ। एमाले निकट युवा संगठन राष्ट्रिय युवा संघ नेपाल दमक नगर कमिटीका अध्यक्ष छवि खतिवडाले पार्टी र पदबाट राजीनामा दिँदै स्वतन्त्र उम्मेदवार बालेन शाहलाई समर्थन गर्ने घोषणा गरेका छन्।
खतिवडाले राष्ट्रिय युवा संघ नेपालको दमक नगर कमिटी अध्यक्ष र नेकपा एमाले को सङ्गठित सदस्य पद त्यागेको घोषणा गरेका हुन्। एमालेको ‘लालकिल्ला’ मानिने र अध्यक्ष ओलीको आफ्नै क्षेत्रमा प्रभावशाली युवा नेताले पार्टी छाडेर बालेन शाहको चुनावी अभियानमा होमिने निर्णय गरेका हुन्।
आफ्नो राजीनामा पत्रमा खतिवडाले समयको पदचाप र परिवर्तनलाई आत्मसात् गर्दै आफू बालेन शाहको पक्षमा उभिएको बताएका छन्। उनले भनेका छन्, ‘परिवर्तनलाई आत्मसात् गरी झापा–५ का उम्मेदवार बालेन शाहको चुनावी अभियानमा साथ–समर्थन जनाउँदै बाँकी स्वतन्त्र राजनीतिक जीवन बिताउने निर्णय गरेको छु ।’




















