नेपाली काँग्रेसका प्रभावशाली नेता डा‍‍. शेखर कोइरालाले मोरङ निर्वाचन क्षेत्र नम्बर ६ बाट मनोनयन दर्ता गराएका छन्।

आसन्न प्रतिनिधिसभा सदस्यका लागि आफ्नो उम्मेदवारी मनोनयन दर्ता गर्न विराटनगरस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएका हुन्।

उम्मेदवारी दर्ताका क्रममा कोइरालाको साथमा नेपाली काँग्रेसका नेता, कार्यकर्ता र समर्थकहरूको उल्लेख्य उपस्थिति रहेको थियो। 

यस अघि सोही क्षेत्रबाट नेकपा एमालेका तर्फबाट विनोद ढकालले मनोनयन दर्ता गराएका छन्।