सहकारी ठगी प्रकरणमा पर्सा जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग एक करोड रूपैयाँ धरौटी मागेको छ।
मंगलबार भएको थुनछेक बहसपछि लामिछानेसँग १ करोड रूपैयाँ धरौटी माग्ने आदेश भएको हो।
न्यायाधीश रुद्र सुवेदीको इजलासले लामिछानेसँग १ करोड रूपैयाँ धरौटी तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको छ।
लामिछाने मंगलबार नै पर्सा जिल्ला अदालत पुगेर बयान दिएका थिए।




















