झापामा उम्मेदवारी दर्ता गराउने क्रममा नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताबीच झडप भएको छ।

झापा ५ मा उम्मेदवारी दर्ता गराउन दलबलसहित हिँडेका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवम् काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका समर्थक र पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका समर्थकबीच झडप भएको हो।

दुई समूहबीच दमकमा भएको झडपका क्रममा दुबै पक्षका केही समर्थक सामान्य घाइते भएका छन्। अहिले सो घटनास्थलको अवस्था सामान्य छ।