काठमाडौँ महानगरपालिकाका पूर्वमेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह (बालेन) ले झापा–५ बाट उम्मेदवारी मनोनयन दर्ता गरेका छन्। 

सयौँ समर्थकका साथमा निर्वाचन कार्यालय झापा पुगेका बालेनले मंगलबार अपराह्न उम्मेदवारी दर्ता गरेका हुन्। उनको प्रस्तावकमा भेषराज भट्टराई र समर्थकमा भूमिनन्द बराल रहेका छन्। 

झापा–५ मा पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीबाट रञ्जित तामाङ पनि उम्मेदवारी दर्ता गर्दैछन्। झापा–५ मा बालेन र केपी शर्मा ओलीबिच प्रतिस्पर्धा हुने भएपनि त्यहाँको चुनावी प्रतिस्पर्धा थप रोचक बन्ने देखिएको छ। 

बालेनलाई रास्वपाले भावी प्रधानमन्त्रीका रूपमा प्रोजेक्ट गरेको छ भने एमालेले ओलीलाई अघि सारेको छ।