मुग्लिन-नारायणगढ सडकखण्डको सिमलताल नजिकै तनहुँको आँबुखैरेनी गाउँपालिका=५, दोन्द्राङबेशीस्थित त्रिशुली नदी किनारमा फेला परेको दुर्घटनाग्रस्त बस काठको मुढाको सहायतामा चेनपुल्ली लगाएर निकाल्ने प्रयास जारी छ।
वि.सं २०८१ असार २८ मा चितवनको भरतपुर महानगरपालिका-२९ स्थित सिमलतालमा पहिरोमा परि बेपत्ता भएको बस भेटिएको आज दशौँ दिन पनि निकाल्ने प्रयास जारी छ।




















