मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सतिश कुमार सिंहले राजीनामा दिएका छन्। प्रतिनिधि सभा निर्वाचनका लागि उनले आफ्नो छुट्टै पार्टी दर्ता गराएका सिंहले प्रदेश सभा सांसद पदबाट राजीनामा दिएका हुन्।

आफ्ना दाइ सत्यवानकुमार सिंहको नेतृत्वमा स्वाभिमान पार्टी दर्ता गराएर सोही पार्टीबाटै उनी प्रतिनिधि सभा उम्मेदवार बन्न लागेका हुन्।

उनी गत २०७९ को निर्वाचनमा क्षेत्र नम्बर २ (क) बाट जनमतबाट चुनाव लडेर जितेका थिए । उनलाई जनमतले मधेश प्रदेश सभामा अर्थ समितिका सभापति र पछि मुख्यमन्त्री समेत बनाएको थियो।