आशिका तामाङ धादिङ-१ बाट उम्मेदवार बन्ने भएकी छन्। उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट टिकट लिएर चुनाव लड्ने भएकी हुन्।
सोमबार तामाङलाई रास्वपा पार्टी कार्यालयमा गणेश पराजुलीले टिकट दिएका छन्। विभिन्न सामाजिक अभियानमा सक्रिय तामाङले रास्वपाकै समानुपातिक टिकट वितरणलाई लिएर सामाजिक सञ्जालमै असन्तुष्ट व्यक्त गरेकी थिइन्।
जेनजी आन्दोलनका घाइते तथा ज्यान गुमाएका परिवारलाई सहयोग संकलन गर्दै आएकी उनलाई अन्ततः रास्वपाले नै उम्मेदवार बनाएको छ।




















