नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गृहजिल्ला झापा पुगेका छन्।
उनी केहीबेरअघि हवाइमार्ग हुँदै भद्रपुर विमानस्थल पुगेका हुन्। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि ओली झापा-५ बाट उम्मेदवार बन्दै छन्।
ओलीसँग रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह (बालेन) उम्मेदवार बन्ने पक्का भइसकेको छ। बालेन पनि आजै झापा जाँदै छन्। जनकपुरमा आयोजित सभालाई सम्बोधन गरेर उनी झापा जाने रास्वपाले जनाएको छ।




















