युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले राजीनामा दिएका छन्। फागुन २१ गतेको चुनावमा उम्मेदवार बन्ने निश्चित भएपछि गुप्ताले प्रधानमन्त्रीसमक्ष राजीनामा दिएका हुन् ।

२८ वर्षीय गुप्ता कात्तिक ९ गते मन्त्री बनेका हुन् । सामाजिक अभियान्ता गुप्ता सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा कान्छा मन्त्री बनेका थिए।

विभिन्न सामाजिक आन्दोलनको अगुवाइ गर्दै उनी जेनजी आन्दोलनपछि बनेको सरकारमा मन्त्री बनेका थिए।

उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनावीका लागि अहिले जनकपुर पुगेका छन्। राजीनामा दिएर चुनावी तयारीमा जुटेको उनको भनाइ छ। सोमबार सार्वजनिक बिदा भएकाले उनको राजीनामा भने स्वीकृत भइसकेको छैन।

सिराहा स्थायी घर भएका उनले युवाको वृत्तिविकास र खेलकुद क्षेत्रमा केही महत्त्वपूर्ण काम गर्नुभएको छ।