दिवंगत गायक प्रशान्त तामाङको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उर्लाबारीमा श्रद्धाञ्जली अर्पण तथा दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको छ।

उर्लाबारी र आसपास क्षेत्रका संगीतप्रेमी, शुभचिन्तक तथा कलाप्रेमीहरूको उपस्थितिमा कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा गायक डम्बर नेपाली, सृष्टि हिङमाङ सहित बिहानी कला केन्द्रका कलाकारहरूको सहभागिता रहेको थियो। सहभागी कलाकार तथा उपस्थित व्यक्तिहरूले प्रशान्त तामाङले नेपाली संगीत क्षेत्रमा पुर्‍याएको योगदानको स्मरण गर्दै उनको निधनले अपूरणीय क्षति पुगेको बताए।

कार्यक्रमका क्रममा दिवंगत गायक प्रशान्त तामाङका चर्चित गीतहरू ‘असारे महिनामा’ र ‘बिछोडको करौतीले’ गाइएको थियो।

दिवंगत प्रशान्त तामाङको स्वर र संगीत नेपाली संगीतप्रेमीहरूको मनमा अमर रहने कार्यक्रममा उपस्थित संगीतप्रेमीहरूले बताए।