काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले कार्यवाहक प्रमुखको जिम्मेवारी पाएकी छिन्। मेयर बालेन साहले पदबाट राजीनामा दिएलगत्तै उनले स्वतः कार्यवाहकको जिम्मेवारी पाएकी हुन्।

स्थानीय सरकार सञ्चालन ऐन-२०७४ अनुसार, उनले कार्यवाहकको जिम्मेवारी पाएकी हुन्। मेयरले पदबाट राजीनामा पाएपछि स्वतः उपमेयरले कार्यवाहक पाउने व्यवस्था ऐनमा छ।