विघटित प्रतिनिधि सभाका पूर्वसभामुख र पूर्वउपसभामुख एक आपसमा भिड्ने भएका छन्। प्रतिनिधि सभाको आगामी निर्वाचनमा उनीहरु एउटै क्षेत्रमा उम्मेदवार भएका हुन्।

शनिबार नेकपा एमालेको सचिवालय बैठकले झापा क्षेत्र नम्बर-२ मा पूर्वसभामुख देवराज घिमिरेलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। उनले २०७० को निर्वाचन पनि सोही क्षेत्रबाट जितेका थिए।

यता राष्ट्रिय स्वतन्त्र पार्टीले पूर्वउपसभामुख इन्दिरा रानालाई झापा क्षेत्र नम्बर-२ बाटै उम्मेदवार बनाउने निर्णय गरेको छ। २०७९ को निर्वाचनमा उनी समानुपातिक सांसद थिइन्।