झापा, मोरङ र सुनसरीको विभिन्न स्थानहरुबाट लागूऔषध ब्राउन सुगरसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।
माघ ४ गते विशेष सूचनाको आधारमा झापाको इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले अर्जुनधारा-८ का महमद सहवाज र अर्जुनधारा-७ का सुनिल कुमार मण्डललाई १ ग्राम ६४० मिलिग्राम लागूऔषध ब्राउन सुगरसहित पक्राउ गरेको हो भने मोरङको इलाका प्रहरी कार्यालय बिराटचोकबाट खटिएको प्रहरी टोलीले सुन्दरहरैंचा-९ स्थितबाट सुन्दरहरैंचा-१० का योगेन्द्र श्रेष्ठलाई ३७ किलो ३६ ग्राम लागूऔषध गाँजा सहित नियन्त्रणमा लिएको छ।
त्यसैगरी, सुनसरीको प्रहरी चौकी सिशुवाधरमपुरबाट खटिएको प्रहरी टोलीले भोक्राहा नर्सिङ-८ स्थितबाट भारतिय नम्बरको मोटरसाईलकलाई शंका लागी चेकजाँच गर्दा भोक्राहा नर्सिङ–८ का ४२ वर्षिय नौसाद आलमको साथबाट ६ ग्राम ३८० मिलिग्राम लागूऔषध ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको छ।
पक्राउ परेका चारै जनाको सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको छ।




















