सञ्चारकर्मी तथा पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।

खरेलले पार्टीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्यता ग्रहण गरेका हुन्। कार्यक्रममा रास्वपाका शीर्ष नेताहरूको उपस्थिति रहेको थियो।

पार्टी प्रवेशसँगै खरेलले आगामी प्रतिनिधिसभा निर्वाचनमा ललितपुर निर्वाचन क्षेत्र नं. २ बाट उम्मेदवारी दिने घोषणा गरेका छन्।