राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै बन्ने ठोकुवा गरेका छन्।
बालेन प्रधानमन्त्री नबने जनकपुरमा आएर आत्मदाह गर्ने उनको भनाइ छ।
‘हामी सीता माताका सन्तान हौं। सीता माता यही धर्तीमा समाहित भएकी थिइन्। बालेन प्रधानमन्त्री भएनन् भने म जनकपुरको धर्तीमा समाहित हुनेछु,’ उनले दोहोर्याएर भने, ‘बालेन प्रधानमन्त्री बनेनन् भने म जनकपुरको रणभूमिमा आत्मदाह गर्नेछु।’
बालेनलाई देशको महानायक भन्दै उनले आफ्नो गम्झा देखाउँदै भोट मागे।
‘म हात जोडेर भन्छु, मसँग केही छैन। केवल आग्रह गर्छु, तपाईंहरूसँग गम्छामा भिख माग्छु, मधेशलाई प्रधानमन्त्री देऊ,’ आक्रामक भाषण गरेका सिंहले भने।




















