उग्र प्रदर्शनमा उत्रिएका जेनजीहरूले नेपाली सेनाको गाडीलाई सिंहदरबारमा स्वागत गरेका छन्।
सिंहदरबार वरपर प्रदर्शन गरिरहेका उनीहरूले सुरक्षाका लागि पुगेको नेपाली सेनाको गाडीलाई झण्डासहित स्वागत गरेका हुन्।
उनीहरूले सेनाको गाडीमा नेपालको राष्ट्रिय झण्डा लगाएर स्वागत गरेका हुन्।
सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, विशेष अदालत, जिल्ला अदालत, पार्टीका शीर्ष नेताको घर, कार्यालय लगायतमा प्रदर्शनकारीहरूले लगातार आगो लगाइरहेका छन्।
अहिले पनि उनीहरूले आगजनी गर्न छाडेका छैनन्। प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिइसकेका छन्।




















