प्रदर्शनकारीहरूले रामशाह पथमा रहेको पुरातत्व विभागको संरक्षण गरेका छन्।
आक्रोशित प्रदर्शनकारीहरूले संसद् भवन, सिंहदरबार, सर्वोच्च लगायतका राज्यका उच्च निकायमा आगजनी गरे पनि पुरातत्व विभागको भने संरक्षण गरेका छन्।
‘यो हाम्रो इतिहास हो, इतिहासको संरक्षण गरौं’ भन्ने प्लेकार्ड बोकेर पुरातत्व विभाग परिसरमा उभिएर उनीहरूले संरक्षणका लागि आह्वान गरेका छन्।




















