राष्ट्रपति कार्यालय शीतलनिवासमा पनि आगजनी भएको छ। उग्र प्रदर्शनमा उत्रिएका जेनजी प्रदर्शनकारीहरूले शीतलनिवासमा आगजनी गरेका हुन्।
सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, विशेष अदालत, जिल्ला अदालत, पार्टीका शीर्ष नेताको घर, कार्यालय लगायतमा प्रदर्शनकारीहरूले लगातार आगो लगाइरहेका छन्।
संसद् भवन परिसरमा पनि जेनजी युवाहरूले बन्दुक खोसेका थिए। सिंहदरबार वरपर प्रदर्शन गरिरहेका उनीहरूले गेटमा सुरक्षाकर्मीको बन्दुक खोसेर पड्काएका छन्।
अहिले पनि उनीहरूले आगजनी गर्न छाडेका छैनन्। प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिइसकेका छन्।




















