सुनसरीको इटहरीमा पनि प्रहरीले गोली चलाएको छ।

भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दको विरोधमा प्रदर्शनमा उत्रिएको आन्दोलनकारीमाथि प्रहरीले गोली चलाएको हो।

इटहरी उपमहानगरपालिका अगाडि प्रदर्शनकारीलाई लक्षित गरी हवाइ फायर गरेको हो। प्रदर्शनकारीले ढुंगामुढा गरेपछि प्रहरीले लाठीचार्ज पनि गरेको छ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रका अनुसार इटहरी चोकको प्रदर्शन अनियन्त्रित बनेपछि हवाइफायर र लाठी चार्ज भएको ह।

उनका अनुसार अवस्था नियन्त्रणका लागि स्थानीय प्रशासनले इटहरी क्षेत्रमा कर्फ्यू आदेश जारी गर्ने तयारी गरेको छ।

‘हवाइफायर र अश्रग्यास प्रहार भएको छ, लाठी चार्ज पनि भएको छ,’ उनले भने,‘ स्थीति अनियन्त्रित भए कर्फ्यू आदेश जारी गर्छौं।

प्रहरी अवरोधबीच पनि प्रदर्शनकारीहरू इटहरी उपमहानगरपालिका कार्यालयभित्र प्रवेश गरेका छन्। उपमहानगरपालिका कार्यालय अगाडि भएको सहकारी भवन तोडफोड गरेका छन्।