प्याब्सन जिल्ला स्तरीय अंग्रेजी हिज्जे प्रतियोगिताको उपाधि विराटनगरमा रहेको एभरेष्ट स्कुलले जितेको छ।
निजी तथा आवासीय विद्यालय अर्गानाईजेशन नेपाल (प्याब्सन) मोरङको आयोजनामा विराटनगरमा मंगलबार सम्पन्न प्रतियोगितामा ११ वटा विद्यालयलाई पछि पार्दै एभरेष्टले उक्त उपाधि जितेको हो।
प्रतियोगिताको द्धितीय सुन्दरहरैचास्थित गोठगाँउमा रहेको ज्ञानज्योती स्कुल र तृतीय विराटनगरमा रहेको मदरल्याण्ड स्कुल भएको छ। प्रतियोगिताको सान्तवना विराटनगरमा रहेको बुढानिलकण्ड स्कुल घोषित भएका छन्।
प्रतियोगिताको प्रथम हुने विद्यालयले १५ हजार, द्धितीयले १० हजार र तृतीय हुनेले ५ हजार रुपैयाँको साथै ट्रफि हात पारेको छ। प्रतियोगिताको उद्घाटन कार्यक्रममा प्याब्सन केन्द्रीय सल्लाहकार तथा पूर्व अध्यक्ष टिकाराम पुरीले गरेका थिए।
प्याब्सन मोरङका अध्यक्ष जगत बहादुर बस्नेतले विद्यार्थीहरूलाई अतिरिक्त क्रियाकलापमा अगाडि बढाउन प्याब्सनले प्रत्येक वर्ष यस्तो कार्यक्रम गर्दै आएको बताए।
प्रतियोगितामा जिल्लाभरीका १६२ विद्यालयको सहभागिता रहेको थियो। १६२ छनौट भएर सेमिफाइलनमा ५४ विद्यालय पुगेको थियो। सेमिबाट फाइनलमा १२ विद्यालय छनौट भएको थियो।
