लोक तथा दोहोरी गायिका इन्दिरा गोलेको निधन भएको छ। काँठे भाकामा आफूलाई स्थापित गरेकी गायिका गोलेको निधन क्यान्सर रोगका कारण निधन भएको उनको पारिवारिक स्रोतले बनाएको छ। 

‘घुम्तीनिर लेट भयो’, ‘चागुनारायण थान’, ‘आज मलाई ऊनीको पछ्यौरी’लगायत उनका दर्जनौँ गीत लोकप्रिय छन्। काँठेसँगै उनका तामाङ सेलो, लोकदोहोरी, आधुनिकसहित हजारौँ गीतमा उनले स्वर भरेकी छन्।