सघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक बुधबार बस्दै छ। बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ।
बैठकमा प्रतिनिधिसभाका सचिव हर्कराज राईले जलस्रोत विधेयकका सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यसूची छ।
यसैगरी, कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपाल पशु चिकित्सा परिषद (पहिलो संशोधन) विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन्।
गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता ९दोस्रो संशोधन० विधेयक २०८१ माथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव राख्ने छन्।