नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य प्रतितोला दुई हजारले बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज दुई हजारले बढेर सुनको मूल्य प्रतितोला दुई लाख सात हजार ९०० कायम भएको छ। यो मूल्य हालसम्मकै उच्च हो।

मंगलबार प्रतितोला सुन दुई लाख पाँच हजार ९०० मा कारोबार भएको हो।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँले घटेर दुई हजार ४८० कायम भएको छ।