नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलाको एक लाख ९९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ।
अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ९८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी २ हजार ३२५ रुपैयाँमा कारोबार भइरहेको छ।


















