प्रधानमन्त्री केपी शर्मा ओली तुर्कमेनिस्तानको भ्रमण पूरा गरी आज (शुक्रबार) स्वदेश फर्किँदै छन्।

तुर्कमेनिस्तानको अवाजामा सम्पन्न भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी भएर प्रधानमन्त्री ओली स्वदेश फर्किन लागेका हुन्।

उनी तुर्कमेनिस्तानको अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई प्रस्थान गरिसकेका छन्। प्रधानमन्त्री ओलीलाई विमानस्थलमा स्थानीय समय अनुसार बिहान साढे ८ बजे तुर्कमेनिस्तान सरकारका उपप्रधानमन्त्री रहसित मेरेडोभले बिदाइ गरेका छन्।

प्रधानमन्त्री ओली दुबई हुँदै शुक्रबार राति ११ बजे नेपाल आइपुग्ने कार्यक्रम रहेको छ।