जय बागेश्वरी युवा क्लबको आयोजना तथा काठमाडौँ महानगरपालिका वडा ८ को सह–आयोजनामा ’एसईई सम्मान २०८२’ कार्यक्रम सम्पन्न भएको छ।
कामपा वडा ८ मा स्थायी तथा अस्थायी रूपमा बसोबास गर्ने २०८१ सालमा एसईई परीक्षा उत्तीर्ण गरेका विद्यार्थीहरूलाई सम्मान गरिएको हो। कार्यक्रममा शतप्रतिशत नतिजा ल्याउने सात ९७० जना सहित एक सय बयासी (१८२) जना एसईई परीक्षामा उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान गरिएको हो।
कार्यक्रमका संयोजक दिलीप वैद्यले स्वागत मन्तव्य राख्दै,एसईई दिएर बसेका विद्यार्थीहरूलाई आगामी शैक्षिक यात्राका लागि शैक्षिक संघसंस्थाहरुलाई एकै ठाउँमा ल्याउने बुझ्ने र जानकारी प्रदान गर्ने उद्देश्य सहित विद्यार्थीहरूलाई हौसला प्रदान गर्नका लागी एसईई सम्मान कार्यक्रम आयोजना गरिएको बताए।
उनले विभिन्न ११ वटा शैक्षिक संघसंस्थाहरूको जानकारी लिनुका साथै विद्यार्थीहरूले सही र गुणस्तरीय शैक्षिक गन्तव्य चयन गरून भन्ने हेतुले कार्यक्रम आयोजना गरिएको बताए।
त्यस्तै, कार्यक्रममा बोल्दै काठमाडौँ महानगरपालिका सम्पदा तथा पर्यटन समिति संयोजक एवं काठमाडौँ महानगरपालिका वडा ८ का वडाध्यक्ष आशामान सङ्गतले एसईई परीक्षामा उत्तीर्ण विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको कामना सहित आगामी शैक्षिक यात्राको लागि शुभकामना व्यक्त गर्नुहुँदै शिक्षा नै भविष्यको मार्ग दर्शन भएकाले सही शैक्षिक संस्थाबाट शिक्षा लिन आग्रह गरे।
वडाध्यक्ष सङ्गतले, विभिन्न शैक्षिक सङ्घसंस्थाले माध्यमिक शिक्षा परीक्षा एसईईमा शतप्रतिशत सहित विभिन्न तहमा आफ्नो नतिजा प्रस्तुत गर्ने विद्यार्थीले कक्षा ११÷१२ मा नै कुन देश जाने होइन कुन ठाउँमा कुन स्तरको कलेजमा कसरी उच्च शिक्षा हासिल गर्नेभन्नेतर्फ सोच विचार गरेर अगाडि बढ्न आग्रह गरे उनले अहिलेको शैक्षिक स्तर मात्र होइन विद्यार्थीहरूको भविष्य प्रति पनि चिन्ता लिन आवश्यक रहेको बताउनुभयो।
त्यस्तै, शिक्षाविद्, जयवागेश्वरी युवा क्लबका सल्लाहकार अनन्त प्रसाद भेटवालले, ‘एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई बधाई ज्ञापन गर्दै,शिक्षा जस्तो पवित्र क्षेत्रमा कसैले पनि कुदृष्टिले हेर्न नहुने बताए।
उनले विद्यार्थीहरूले आफ्नो भविष्य निर्माण गर्ने तहमा पुगिरहँदा उनीहरूको स्तरलाई वृद्धि गर्दै अगाडि बढाउन शैक्षिक संस्थाहरूले अभिभावकत्व लिनुपर्ने बताए।
विभिन्न कलेजका प्रतिनिधिहरूले, स्थानीय सङ्घ संस्थाले निजी स्तरबाट जुन हिसाबले युवा पुस्तालाई अगाडि बढाउन यस्तो सम्मान कार्यक्रम राख्नु महत्त्वपूर्ण कुरा रहेको बताएका थिए। उनीहरूले विद्यार्थीहरूलाई हौसला प्रदान गर्दै गहन शैक्षिक गन्तव्यका लागि यस्ता खाले कार्यक्रम आवश्यक रहेको बताएका छन्।
कार्यक्रमको सभापतिका रूपमा जय बागेश्वरी युवा क्लबका अध्यक्ष रजिश श्रेष्ठ रहनु भएको थियो भने, कार्यक्रमको प्रमुख अतिथि काठमाडौँ महानगरपालिका सम्पदा तथा पर्यटन समिति संयोजक एवं वडा कामपा ०८ का वडाध्यक्ष आसमान सङ्गत रहनुर्भको थियो। कार्यक्रमको विशिष्ट अतिथि लायन्स इन्टरनेसनल डिस्ट्रिक ३२५ ए वान्का पूर्व गर्भनर, शिक्षाविद्, जयवागेश्वरी युवा क्लबका सल्लाहकार अनन्त प्रसाद भेटवाल रहनु भएको थियो।
कार्यक्रममा मनास्लु बल्ड कलेज, सेन्ट लरेन्स कलेज, आदिम नेशनल कलेज, विनायक सिद्ध कलेज, टेक्सस इन्टरनेसनल कलेज, रिलायन्स इन्टरनेसनल कलेज, ग्यालेक्सी पब्लिक स्कुल, इलिक्सर एकेडेमी, नोवल एकेडेमी, नासा कलेज लगायतका सङ्घसंस्थाहरू सहभागी रहेका थिए। कार्यक्रममा मिडिया पाटनरका रूपमा दक्ष खबर डटकम रहेको थियो।
कार्यक्रममा सिफल सेकेन्डरी स्कुलबाट शतप्रतिशत अंक ल्याउने प्रतीक डंगोल, काठमाडौँ इन्टरनेसनल स्कुलबाट शतप्रतिशत अंक ल्याउने स्वरित भेटवाल र इलिक्सर एकेडेमीबाट शतप्रतिशत अंक ल्याउने विद्यार्थीहरू आर्य भूषण आचार्य, दीक्षित आभार्य, श्रीजेश गौतम, स्लेष्मा सेढाई, उपासना प्याकुरेललाई विशेष सम्मान गरिएको थियो।
कार्यक्रमको सञ्चालन जयवागेश्वरी युवा क्लबका सहसचिव सुजन तिमल्सिनाले गर्नुभएको थियो। जयवागेश्वरी युवा क्लब सांस्कृतिक, धार्मिक एवं सामाजिक कार्यहरूमा अग्रणी संस्था हो। जसको स्थापना २०६४ सालमा भएको थियो।


















