कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि कर्जालाई सरलीकृत गराउन नेपाल राष्ट्र बैकलाई सहजीकरण गरिदिन आग्रह गरेका छन्। 
नेपाल राष्ट्र बैकका गर्भनर डा. विश्वनाथ पौडेलसँग आज सिहंदरवार स्थित मन्त्रालयमा भएको छलफलमा मन्त्री अधिकारीले कृषि मार्फत गरिबी हटाउनका लागि बैक तथा वित्तीय संस्थाहरूको भूमिका महत्त्वपूर्ण हुने भएकाले साना किसानहरूले पनि सरल र सहज किसिमले ऋण प्राप्त गर्ने प्रावधानको आवश्यकता औँल्याए। 
‘कृषिका लागि ठुलो मात्रामा ऋण लिएकाहरूले सो रकम अन्यत्रै परिचालन गरिएको पनि सुनिएको छ, यदि त्यस्तो हो भने कृषिमा हामीले लिएको लक्ष्य र अपेक्षा पुरा हुन सक्ने देखिँदैन ,मन्त्री अधिकारीले भने,‘कृषि ऋणको सही उपयोग भयो कि भएन यसको प्रभावकारी अनुगमनका लागि म नेपाल राष्ट्र बैक समक्ष अनुरोध गर्दछु।’
मन्त्रीअधिकारीले कसैले ऋण नपाउने पाउनेले अन्य प्रयोजनमा लगाउने अवस्था आउन नहुनेमा जोड दिए।
सरकारी स्वामित्वका बैकहरुले पनि कृषि कर्जा बढाउनु पर्ने र राष्ट्र बैकको कृषि कर्जा सम्बन्धमा गरिएको व्यवस्थाको पालना उनीहरूले गर्नुपर्नेमा मन्त्री अधिकारीले जोड दिए।  
नेपाल राष्ट्र बैकका गर्भनर डा. पौडेलले हाल कृषिमा भएको लगानीको सदुपयोग हुन नसकिरहेको सन्दर्भमा आफ्नो पनि चासोको विषय भएकाले प्रतिफल आउने गरी काम गर्न जरुरी रहेको बताए। 
किसानलाई व्यवसायीक नबनाई कृषिमा भएको लगानीको प्रतिफल प्राप्त हुन नसक्ने भएकाले प्रतिफल आउने गरी लगानीको आवश्यकतामा गर्भनर डा।पौडेलले जोड दिनुभयो। 
उनले आफू हालै विभिन्न जिल्लाहरूमा जाँदा माटो खेलाउनेले  कृषि कीर्ण नपाउने ,कागज खेलाउनेले कीर्ण पाउने गरेको गुनासो पनि सुनेको उल्लेख गर्दे किसानलाई कीर्ण मात्र बोकाउने भन्दा पनि किसानलाई सही बाटोमा हिँडाउन सबै निकायले प्रभावकारी भूमिका खेल्नुपर्नेमा गर्भनर डा. पौडेलले जोड दिए।