नाला–भक्तपुर सडक खण्ड पुनः अवरुद्ध भएको हो ।
आइतबार आएको बाढीले बगाएपछि सडक पुनः सडक अवरुद्ध हुन पुगेको हो ।
काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ४ र १ को सीमा स्थलमा रहेको पुल शुक्रवार राति भाँचिदा सडकमा यातायात अवरुद्ध भएको थियो ।
अस्थायी रूपमा सञ्चालनमा ल्याइ आइतबार बिहानदेखि यातायात सञ्चालन भएको हो ।
शनिवार राति छ वटा ठुल्ठूला ह्युमपाइप राखेर भाँचिएको पुल निर्माण गरेपछि अस्थायी रूपमा आइतबार बिहानदेखि यातायात सञ्चालनमा ल्याइएको थियो ।



















