नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
इण्डियन आयल कर्पाेरेशन (आईओसी) बाट नै मूल्य बढेर आएकोले मूल्य बढाइएको निगमले जनाएको छ । निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख भए अनुसार आईओसीले प्रतिलिटर पेट्रोलमा ७ रुपैयाँ ६४ पैसा, डिजेलमा ९ रुपैयाँ १३ पैसा र हवाई इन्धनतर्फ ६ रुपैयाँ ८८ पैसा मूल्य बढेर आएको भएको छ ।
उद्यपी, सर्वसाधारणको हितलाई ध्यान दिएर पेट्रोलमा ५ रुपैयाँ र डिजेलमा ४ रुपैयाँ बढाएको जनाइएको छ । हवाई इन्धनमा भने निगमले आन्तरिकतर्फ ७ रुपैयाँले मूल्य बढाएको छ । निगमले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ बढाएको छ भने मट्टितेल र डिजेलमा प्रतिलिटर ४ रुपैयाँ मूल्य बढाएको छ । जस अनुसार अबदेखि पेट्रोलको मूल्य प्रतिलिटर १६५ रुपैयाँ भएको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १४९ रुपैयाँ भएको छ ।