साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक ९.१९ अङ्कले बढेर २६ सय ३१.४८ अङ्कमा पुगेर रोकिएको छ। यसअघि आइतबार नेप्से २६.५३ अङ्कले बढेर २६ सय २२.२८ अङ्कमा पुगेर रोकिएको थियो।
यस दिन सेन्सेटिभ इण्डेक्स १.९५ अङ्कले बढेको छ, अघिल्लो कारोबार दिन यो इन्डेक्स ४.७० अङ्कले बढेको थियो। फ्लोट इण्डेक्स ०.७७ अङ्कले बढेको छ त्यसैगरी आज सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८१ अङ्कले बढेको छ।
अघिल्लो कारोबार दिनभन्दा यस दिन भने कारोबार रकम केही घटेको छ। आज कुल ३१८ स्टकको ६ अर्ब ३८ करोड ७२ लाख ७ हजार १५ रुपैयाँ बराबरको १ करोड ४१ लाख ७२ हजार ५३५ कित्ता शेयर कारोबार भएको छ। आइतबार ७ अर्ब १२ करोड १७ लाख ३६ हजार ११४ रुपैयाँको १ करोड ६६ लाख ४३ हजार ११४ कित्ता शेयर खरिद बिक्री भएको थियो।
यस दिन राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको शेयर मूल्यमा ९.९७ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ। यस कम्पनीको शेयर मूल्य आज ३२.४८ रुपैयाँले बढेर ३५८.१० रुपैयाँमा अन्तिम कारोबार भएको छ। धौलागिरि लघुवित्त वित्यि संस्था लिमिटेडको शेयर मूल्यमा पनि सकारात्मक सर्किट लाग्दै १३०.५६ रुपैयाँले बढेर १४६२.५४ रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यसैगरी विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य पनि १७७.२२ रुपैयाँले बढेर २१११.१५ रुपैयाँमा अन्तिम कारोबार भएको छ।
यस्तै, सिन्धु विकास बैंक र सप्तकोशी विकास बैंकको शेयर मूल्य पनि क्रमशः ७.८१ र ७.२१ प्रतिशतले बढेको छ।
यस दिन पञ्चकन्या माइ हाइड्रो पावर, ग्रिन डेभलप्मेन्ट बैंक र पिपुल्स हाइड्रो पावर कम्पनीको शेयर मूल्य सबैभन्दा धेरै घटेको छ। पञ्चकन्या माइ हाइड्रोको शेयर मूल्य ४.९२ प्रतिशतले घटेको छ भने ग्रिन डेभलप्मेन्ट बैंक र पिपुल्स हाइड्रोको शेयर मूल्य क्रमशः ४.६५ र ३.७५ प्रतिशतले घटेको छ।
आज साहस ऊर्जा लिमिटेड, सानीमामाई हाइड्रो पावर बुटवल पावर कम्पनी र सप्तकोशी हाइड्रोको शेयर सर्वाधिक कारोबार भएको छ।