घरको बरण्डाबाट लडेर एक जना महिलाको मृत्यु भएको छ।
धनकुटा नगरपालिका–१० उत्तरपानीका ५० वर्षीया प्रमिला राईको मृत्यु भएको हो।
आज (शुक्रबार) बिहान करिब ६ बजे घरको दोस्रो तलाको बरण्डाबाट लडेर उहाँको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालले जानकारी दिएको छ।
उच्च रक्तचापकी बिरामी रहेकी उहाँ बिहान कोठाबाट बरण्डामा निस्कने क्रममा लड्नुभएको प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो।