तेह्रथुम पावर कम्पनी लिमिटेडले आगामी असार १६ देखि हकप्रद शेयर निष्कासन गर्न लागेको छ 
कम्पनीले हाल कायम चुक्तापूँजी ४० करोड रुपैयाँ बराबरको शतप्रतिशत अर्थात् १ः१ अनुपातमा १०० रुपैयाँ अङ्कित दरका ४० लाख कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो।
लगानीकर्ताले हकप्रद शेयरका लागि आगामी साउन ४ गते सम्म आवेदन दिन पाउने छन्। यसअघि कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनका जेठ ५ गते एक दिनका लागि बुक क्लोज गरेको थियो। जेठ ४ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयर धनीहरूले मात्र हकप्रद शेयर खरिदका आवेदन दिन पाउने छन्।
कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा नेपाल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ। कम्पनीले नेपाल धितो पत्र बोर्डबाट वैशाख १९ गते हकप्रदका लागि स्वीकृति पाएको थियो।