इन्द्रपुर जुनियर जेसिजको आयोजनामा एक दिवसीय निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ।
उक्त शिविर MRS Pranami Hospital र KHDC Nepal को प्राविधिक सहयोगमा यही २०८२ साल जेष्ठ ३१ गते शनिवार इन्द्रपुर नमुना माध्यमिक विद्यालय, सुन्दरहरैँचा–१२ मा बिहान ७:३० बजेबाट सुरु हुनेछ।
शिविरमा विभिन्न क्षेत्रका विशेषज्ञ चिकित्सकहरूद्वारा विविध स्वास्थ्य सेवाहरू निःशुल्क रूपमा प्रदान गरिने आयोजक संस्थाले जनाएको छ।
शिविरमा प्रदान गरिने सेवाहरूमा जनरल फिजिसियन सेवा, हाडजोर्नी तथा नशा, बाल रोग, स्त्री तथा प्रसूति रोग, मिर्गौला कार्य परीक्षण, ECG मार्फत हृदय परीक्षण, पोषण तथा जीवनशैलीसम्बन्धी परामर्श लगायतका सेवा समावेश छन्। साथै, आवश्यकता अनुसार थप उपचारका लागि रेफरल सुविधा पनि उपलब्ध गराइने छ।
इन्द्रपुर जुनियर जेसिजका अनुसार स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले शिविरको आयोजना गरिएको हो। संस्थाले आम नागरिकहरूलाई समयमै उपस्थित भई सेवा लिन आग्रह गरेको छ।