उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले अमेरिकाले ल्याएको ट्रेडसँग सम्बन्धी नयाँ नीतिले नेपाललाई प्रसव पिडामा पुर्याएको बताएका छन्।
बुधवार नेपाल अमेरिका व्यापार : अवसर र चुनौती विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले अमेरिकाको नयाँ सरकार बनिसके पछिको नीतिले नेपाललाई अप्ठ्यारो परेको बताएका हुन्।
उनले भने, ‘हामीले पछिल्लो अमेरिकाको चुनावको पूर्व सन्ध्यामा नेपाल र अमेरिकाबिच सम्झौता गरेका थियौ। अमेरिकाको नयाँ सरकार बनिसके पछिको नीतिले ट्रेडमा चलेको होडबाजीको विश्वव्यापी केही पराकम्पन आए।’
उनले थप भने, ‘त्यसका हाम्रो तर्फबाट गर्नुपर्ने कूटनीतिक प्रयासहरू थप गर्नुपर्ने आवश्यकता भएको छ। हामी प्रसव पिडामा छौ। यहाँबाट अगाडि बढ्ने कि सकिने भनेर। हामीले चाहेर नचाएर पनि हाम्रो सामर्थले अगाडि बढ्नुपर्नेछ।’
मन्त्री भण्डारीले अहिलेको समयमा नेपालले ट्रेड प्रमोसन नभईकन अर्थतन्त्रमा नयाँ खालको प्रगति गर्ने अवस्था नरहेको बताए।