सङ्घीय संसद् अन्तरगत प्रतिनिधि सभाको बैठक जेठ २९ गतेको लागि स्थगित भएको छ।
बुधवार जेठ २८ गते १ बजे बस्ने गरी तय भएको बैठक प्रतिपक्षको विरोधका कारण जेठ २९ गते बिहीबार दिनको ३ बजे बस्ने गरी बैठक स्थगित भएको सभामुख देवराज घिमिरेले जानकारी दिएका हुन्।
प्रतिपक्षको दलको सांसदहरूले गृहमन्त्रीको राजीनामा र उच्च स्तरीय छानबिन समितिको माग गर्दै संसद् अवरुद्ध गरेका हुन्।